MENU

समाज

Ncell Axiata

माननीयले गर्दा कोठाभाडा ह्वात्तै बढ्यो

मकवानपुर, माघ २६ – हेटौँडालाई प्रदेश नम्बर तीनको राजधानी तोकेपछि हेटौँडामा कोठा भाडा मनलाग्दो ढंगबाट बढेको छ । 

राजधानी भएपछि घरभाडा जथाभावी बढाइएकाले कर्मचारी तथा विद्यार्थीहरु मर्कामा परेका छन् । आफूहरु बसेको क्वार्टर सचिवस्तरका कर्मचारीलाई छाड्नु परेपछि घरभाडा खोज्नको लागि हिँडेका कर्मचारी दिनानुदिन बढेको भाडाबाट दिक्क बनेका छन् । 

दिनदिनै जथाभावी भाडा बढेको भन्दै एक जना कर्मचारीले भन्छन्, ‘हेटौँडाको हुप्रचौर क्षेत्रमा अघिल्लो दिन १२ हजार भनेको दुईवटा बेडरुम र एक भान्छा भएको फ्याल्टलाई अर्को दिन अब बस्नु पर्ला भनेर जाँदा १६ हजार मूल्य भने, हामीले किन हिजो त १२ हजार भन्नुभएको थियो नि भनेर सोध्दा उहाँहरुले अब त सांसद बस्न आउछन्, भाडा सबैतिर बढिसक्यो भनेर जवाफ दिए ।’ एक दिनको फरकमा ४ हजार भाडा बढेपछि आफूहरु त्यहाँ नबसेको उनको भनाई छ । 

अचानक भाडा बढेका कारण हेटौँडामा कोठा लिएर बस्ने विद्यार्थी पनि मारमा परेका छन् । एकाएक घरबेटीले १ हजारदेखि ३ हजारसम्म भाडा बढेको जानकारी दिएपछि आफूहरु निकै मारमा परेको विद्यार्थीहरुको भनाई रहेको छ । बकैयाबाट हेटौँडामा अध्ययन गर्न आएकी देवकी चौलागाईले भन्नुभयो, ‘पुरानो कोठामा पानीको समस्या भएपछि नयाँ कोठा खोज्न थालेको एक हप्ता भैसक्यो कोठा भाडा महंगो भएर सर्न पाइएको छैन, हेटौँडा ४ मा एउटा घरमा बुझेको दुईवटा कोठाको १० हजार र बत्ती पानीको पैसा तिर्नुपर्ने भने । हामी त दंग पर्‍यौ ।’ 

कर्मचारी तथा विद्यार्थीहरुले राजधानी आएपछि थप सेवा सुविधा पाउने विश्वास राखेका भए पनि घरभाडामा दिने घरधनीले मौकाको फाइदा उठाउन थालेपछि उनीहरुको लागि राजधानी सकस बन्न थालेको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया