MENU

खेल

ujyaalo forign call inside

​नेपालको दोस्रो विकेट झ्‍ार्‍यो, दिलिप नाथ आउट

माघ २६ – विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा नेपालले अहिले ओमानविरुद्ध ब्याटिङ गरिरहेको छ । 

तर नेपालले खराब सुरुवात गरेको छ । नेपालले दोस्रो विकेटको रुपमा दिलिपनाथलाई गुमाएको छ । दिलिप नाथ १९ रन बनाएर क्याचआउट भए । उनि फियाज बटको बलमा क्याच आउट भए । उनी विहिवार नामिवियासँगको खेलमा शुन्य रनमा आउट भएका थिए । 

नेपालको पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल ७ रनमा क्याचआउट भए  । उनी कालिमुल्लाहको बलमा सुल्तान अहमदद्धारा क्याच आउट भए ज्ञानेन्द्र मल्ल विहिबार नामिबियासँगको खेलमा पनि १५ रनमा आउट भएका थिए । 

१८ ओभरको समाप्तिमा नेपालले २ विकेट गुमाउँदै ५१ रन बनाएको छ । अहिले कप्तान क्रिजमा कप्तान पारस खड्कालाई अारिफ शेखले साथ दिइरहेका छन् । पारसले ३५ बलमा १६ रन र शेखले ८ बलमा ४ रन बनाएर खेलिरहेका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस