MENU

समाज

Ncell Axiata

डम्पिङ साइट प्रयोगविहीन, लगानी बालुवामा पानी

केशबप्रसाद भट्टराई/ उज्यालाे । 

ताप्लेजुङ, माघ २५ – स्थानीय निकायको निर्वाचन भएको ७ महिना वित्दा पनि हिमाली जिल्ला ताप्लेजुङका जनप्रतिनिधिहरुले जिल्ला सदरमुकामको फोहर व्यवस्थापनमा चासो देखाएका छैनन् । जिल्ला सदरमुकाममै फोहोरको डङ्गुर थुप्रिएको छ । 

जिल्लाको एकमात्र नगरापालिका कला फुङलिङ अर्थात सदरमुकाममा जताततै फोहोरले दुर्गधित बनेको मात्र छैन फोहोर व्यवस्थापन नहुँदा जिल्लाका व्यापारीहरुले पसलको अगाडि फोहोर पेटीमा बोरामा थन्काएर राखेका छन् । सदरमुकाम आसपासमा रहेका विभिन्न खोला खोल्साहरुमा व्यापारीहरुले फोहोर फ्याँक्दा भरिएका छन् । 

जिल्लाका हरेक ठाँउमा फोहोरका डङ्गुरहरु थुप्रिएको देखिन्छ । पर्यटकीय  जिल्ला रहे पनि फोहोरको व्यवस्थापन नहँुदा जिल्लामा आउने पर्यटक नाक थुनेर हिँड्न बाध्य भएका छन् । 

जिल्ला स्वास्थ्य कर्यालयको छेउ डम्पिङ साइट बनेको छ । चार बर्ष अगाडि नगर विकास समितिमार्फत एउटा ट्याक्टरले फोहोर उठाउने गरे पनि अहिले ट्याक्टर विग्रिएकाले पनि समस्या झन् बढेको छ । जिल्लाको फुङलिङ बजारको तोक्मे, शान्तिटोल, विरेन्द्र चोक, पाथिभरा चोक, टुक्रे क्षेत्रलगायत हरेक ठाउँमा  फोहोरको डङ्गुरहरु थुप्रिएका छन् ।

केही महिना अघिसम्म हप्तामा एक दिन उठाउँदै आएको फोहोर अहिले उठाउन छोडिएको छ । जिल्ला सदरमुकामको फोहोर व्यवस्थित गर्न लाखौंको लगानीमा तीनवर्ष अगाडी निर्माण गरिएको डम्पिङ साइट अहिले प्रयोगविहीन बनेको छ । तत्कालीन जिल्ला विकास समितिको ६८ लाख रुपैयाँको लागतमा  निर्माण गरिएको डम्पिङ साइटमा जान सक्ने बाटोको व्यवस्था छैन । 

फुङलिङ नगरपालिका–२ तमोर नदीको किनारमा ठेक्का प्रकृयाद्धारा कालि बहादुर लिम्बुले ६८ लाखमा निर्माण गरिएको डम्पिङ साइटमा अहिले घाँसपात उम्रेर पुरै जंगल जस्तो भएको छ । आधुनिक तरिकाबाट निर्माण गरिएको डम्पिङ साइट प्रयोगविहीन बनेको छ भने सदरमुकाममा फोहोरको डङ्गुर थुप्रिएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया