MENU

खेल

Ncell Axiata

कप्तान पारस खड्का पनि आउट, नेपालको ब्याटिङ संकटमा

माघ २६ – विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा नेपालले अहिले ओमानविरुद्ध ब्याटिङ गरिरहेको छ ।

तर नेपालले खराब प्रदर्शन जारी राखेको छ ।  नेपालले २३ अोभरको समाप्तिमा ५६ रन जोड्दा ४ विकेट गुमाएको छ । भर्खरै नेपालका कप्तान पारस खड्का ४२ बलमा १७ रन बनाएर आउट भए । उनी बिहीबारको खेलमा १९ रनका आउट भएका थिए । पारस आउट भएसँगै नेपालको ब्याटिङ संकटमा परेको छ । यसअघि नेपालले तेस्रो विकेटको रुपमा आरिफ शेखलाई गुमाएको  थियो ।

बिहीबारको नामिवियाविरुद्धको खेलमा शून्य रनमा आउट भएका आरिफ ओमानसँगको खेलमा भने २० बलमा ६ रन बनाएर आउट भए । उनी कलेमुल्लाहको बलमा क्याचआउट भएका हुन् । यसअघि नेपालका  दिलिप नाथ १९ रन बनाएर क्याचआउट भएका थिए ।

नेपालको पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल ७ रनमा क्याचआउट भए  । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया