MENU

खेल

ujyaalo forign call inside

बिहीबारको खेल जिताएका वसन्त एक रनमै आउट

माघ २६ – विश्व क्रिकेट लिग डिभिजन २ को अन्तरगत ओमानविरुद्धको खेलमा नेपालले खराव ब्याटिङ गरिरहेको छ । नेपालले सय रन पनि पुरा नगर्दै ६ विकेट गुमाएको छ । छैटौँ  विकेटको रुपमा नेपालले वसन्त रेग्मीलाई गुमायो ।

बिहीबार नामिबियाविरुद्धको खेल जिताउन महत्वपूर्ण भूमिका खेलेका रेग्मी शुक्रबार एक रनमै आउट भए ।उनी ओडेड्राको बलमा एलविडब्ल्यु आउट भए । नेपालले सय रन पनि पुरा नगर्दै ६ विकेट गुमाएको छ ।  नेपालले पाँचौँ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । ३२ बलमा २० रन बनाएका दिपेन्द्र खावर अलीको बलमा क्याच आउट भएका हुन् । 

यस्तै चौथो विकेटको रुपमा नेपालका कप्तान पारस खड्का ४२ बलमा १७ रन बनाएर आउट भएका थिए । आरिफ शेख पनि २० बलमा ६ रन बनाएर आउट भए । यसअघि नेपालका  दिलिप नाथ १९ रन बनाएर क्याचआउट भएका थिए । नेपालको पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल ७ रनमा क्याचआउट भएका हुन्  । 

 

 

 


 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस