MENU

समाज

ujyaalo forign call inside

श्रीमती भगाउने भाइको हत्या

अर्घाखाँची, माघ २६ –अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ५, बागिखोलामा मजदुरी गर्ने एक जनाको हत्या भएको छ ।  

कपिलवस्तुको महाराजगन्ज नगरपालिका वाड नम्बर ६ घर भई हाल सन्धिखर्कको बागिखोलामा मजदूरी गर्ने २२ वर्षीय प्रेम पासवानको आफ्नै दुई दाजुहरुको कुटपिटबाट मृत्यु भएको हो । 

कुटपिट गरी भाइको हत्या गर्ने दुई दाजुहरु २९ वर्षीय दयाशंकर पासवान र २३ वर्षीय  कृष्ण पासवानलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिनुभयो ।

दाजु दयाशंकर पासवानकी श्रीमतीसँग मृतक प्रेम पासवानले ३ वर्षअघि बिहे गरेका थिए । त्यसै कारण झगडा भएको प्रहरीले बताएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया