MENU

समाज

ujyaalo forign call inside

जुवाडे वडा सदस्य पुगे प्रहरी खोरमा

रामेछाप, माघ २६ – सदरमुकाम मन्थली बजारको एक घरमा जुवा खेल्दै गर्दा दोरम्बा गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य रेतु मगरसहित ७ जना जुवाडे प्रहरी खोरमा पुगेका छन् । 
 
बिहीबार साँझ स्थानीय देवकोटा चोक नजिकैको एक घरमा जुवा खेल्दै गर्दा दोरम्बा गाउँपालिका वडा नम्बर ४ का रेतु मगर, मन्थलीका नेत्र केसी, राजकुमार तामाङ, भेषवहादुर कर्माचार्य, केदार थापा, सानुबाबु पुरी र राजुकुमार श्रेष्ठ रहेका छन् ।
 
उनीहरुले स्थानीय प्रकाश कार्कीको घरमा भाडामा लिएको कोठामा तास खेल्दै गर्दा सुराकीका आधारमा प्रहरीले प्रक्राउ गरी शुक्रवार जिल्ला अदालत मार्फत एक हप्ताको लागि म्याद थप गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापमा प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिनुभयो । 
 
उनका अनुसार पक्राउ परेका टोलीबाट ७१ हजार ४ सय ८० रुपैयाँ रकम र खेल्दै गरेका ६ बुक तास प्रहरीले वरामद गरेको छ । पक्राउ परेकाहरुलाई तास तथा जुवा ऐन २०२० अन्तर्गत मुद्धा दर्ता गरी शुक्रबार नै रामेछाप जिल्ला अदालतवाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । 
 
प्रहरीले पटक–पटक सदरमुकाम लगाएतका जिल्लाका मुख्य बजारहरुमा अवैध मदिरा बेचबिखन, जुवा तास र गुण्डागर्दी गरेको पाइएमा कानुन अनुसार कारबाही हुने व्यहोराको सूचना सार्वजनिक गर्दै आएको थियो । त्यो सूचनापछि गुण्डागर्दीको अभियोग, मदिरा सेवन र जुवा तासमा संलग्न दर्जनाँै व्यक्तिहरुलाईसमेत यसअघि नै कारबाही गरिसकेको छ । 
 
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया