MENU

समाज

ujyaalo forign call inside

झोलामा खोला राख्न पल्केकाहरुले नेपालमा उर्जा संकट निम्ताए : पूर्व प्रधानमन्त्री नेपाल

नवराज पनेरु/उज्यालो । 

कैलाली, माघ २६ – पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालले झोलामा खोला राख्न पल्केकाहरुले नेपालमा उर्जा संकट निम्ताएको आरोप लगाउनुभएको छ । 

धनगढीमा विद्युत प्राधिकरण कर्मचारी युनियनको १० औँ केन्द्रीय सभाको उद्घाटन गर्दै उहाँले विद्युत माफियाहरुप्रति लक्षित गर्दै यस्तो बताउनुभएको हो । झोलामा खोला राखेर जथाभावी जलविद्युत आयोजनाका नाममा लाइसेन्स वितरण गर्दै कमिसन खाने काम मात्रै भएको उहाँको  आरोप थियो ।

देश विकासका सबै कामहरु अगाडि बढाउन विद्युत आवश्यक पर्ने भएकोले जलविद्युत उत्पादनमा लगानी बढाउनुपर्ने उहाँले बताउनुभयो । अर्को प्रसंगमा बोल्दै नेता नेपालले सरकार गठन र पार्टी एकता सँगसँगै हुने बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया