MENU

खेल

Ncell Axiata

नेपाल १ सय ३८ रनमै अलआउट, ब्याटिङमा समस्या

माघ २६ –  नामिबियाको विन्डहक मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा अलआउट हुँदै १३८ रन बनाएको थियो ।

सुस्त सुरुआत गरेको नेपालले ५० रन बनाउनका लागि २ विकेट खर्चिएको थियो । यस क्रममा उपकप्तान ज्ञानेन्द्र मल्ल पाँचौं ओभरको अन्तिम बलमा ओमानका विकेट किपरबाट क्याच आउट भए । कलिमुुल्लाहको बलमा सुल्तान अहमदबाट क्याच आउट हुनुु पूूर्व ज्ञानेन्द्रले ७ रन बनाएका थिए ।

त्यसपछि क्रिजमा आएका पारस खड्कासँग मिलेर ओपनर दिलिप नाथले २८ रनको साझेदारी गरेपछि क्याचआउट भए । दिलिप व्यक्तिगत १९ रनमा फियाज भुुटको बलमा ओडेड्राबाट क्याचआउट भएका थिए ।

आरिफ शेख पनि ६ रन बनाएर आउट भए । नेपालको स्कोर ५६ रन हुँदा कप्तान पारस खड्का पनि व्यक्तिगत १७ रनमा आउट हुँदा नेपालको ब्याटिङ धरापमा परेको थियो । पारसलाई कलिमुल्लाहले बोल्ड गरेका थिए ।

पाचौं विकेटका लागि दिपेन्द्रसिंह ऐरी र शरद भेषावकरले सुुस्त रहेको नेपाली पारीलाई केही गति दिए ।

त्यसपछि ३१ औं ओभरमा दिपेन्द्रसिंह ऐरी २० रनमा, ३२ औं ओभरमा बसन्त रेग्मी १ रनमा आउट भएपछि नेपालले ६ विकेट गुमाउँदै ९३ रन बनाएको थियो ।त्यसपछि शरद भेषावकरले नेपालको स्कोर १११ रनसम्म धकेलेका थिए । तर उनी पनि व्यक्तिगत २२ रनमा विलाल खानको बलमा क्याचआउट भए ।

त्यसपछि रोहीत पौडेलले १४ रन, करण केसीले ४ रन बनाउँदा सन्दिप लामिछाने डकआउट भए । सोमपाल कामी १७ रनमा अविजित रहे ।

बलिङतर्फ ओमानका कलिमुल्लाह एक्लैले ४ विकेट लिँदा विलाल खानले २ विकेट हात पारे ।

ओमानले केहिबेरमा जवाफी ब्याटिङ गर्दैछ । नेपालले हिजोको खेलमा नामिबियालाई हराएको थियो । नेपाल, ओमान, नामिबिया,युएई, क्यानडा र केन्या गरी ६ देश सहभागी डिभिजन टु को शीर्ष स्थानमा रहने २ टोलीले विश्वकपको छनौट खेल्न पाउनेछ । 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया