MENU

समाज

Ncell Axiata

​कार्यालयबाटै फाइल हराउँदा सेवाग्राही मर्कामा

शैलेन्द्र महतो/उज्यालो ।

धनुषा, माघ २६ – यातायात व्यवस्था कार्यालय जनकपुरबाट अभिलेख फाइल हराउँदा  सेवाग्राही मर्कामा परेका छन् । एक वर्ष अघि यही कार्यालयबाट धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर –२ भूचक्रपूर बस्ने  विनोदकुमार महतोले प्रक्रिया अनुसार लिखित र ट्रायल पास गरी लाइसेन्स लिनुभएको थियो । तर लाइसेन्स हराएपछि कार्यालयमा लाइसेन्सको प्रतिलिपि निकाल्न आउँदा अभिलेख नै नभेटिएपछि लगातार चार दिन कार्यालयबाट रित्तै फर्किनु परेको महतोको गुनासो छ ।

उहाँले भन्नुभयो, ‘एक वर्षअघि माघ २६ गते मोटरसाइकल चालकको लाइसेन्स लिएको थिएँ, हराएपछि पुनः लाइसेन्स लिन आउँदा कम्प्युटरमा नाम मात्र देखाउँछ, अभिलेख भेटिँदैन । कर्मचारीहरु भन्छन्, ‘तपाइँले लाइसेन्स लिनुभएको छैन । आखिर एक वर्षमै मेरो अभिलेख कहाँ हरायो ?’ भन्दै प्रश्न गर्नुभयो । उहाँले चार दिन कार्यालय पुग्दा पनि अभिलेख नभेटेको भन्दै कर्मचारीकै लापरवाहीले आफ्नो अभिलेख हराएको बताउनुभयो । 

यस्तै महोत्तरीको दनौली ८ बस्ने रविन्द्र ठाकुरले लाइसेन्सकै अभिलेख नभेटिँदा समस्या झेल्नु परेको छ । उहाँले वि.सं. २०५५ सालमा यसै कार्यालयबाट मोटरसाइकलको चालक अनुमति पत्र लिनुभएको थियो । तर लाइसेन्सको प्रतिलिपि लिन जाँदा कार्यालयमा अभिलेख भेटिँदैन । लाइसेन्स नम्बर भएको ठाउँमा अर्कै व्यक्तिको नाम रहेको उहाँको गुनासो छ ।

यस्तै धनुषाको भूचक्रपुर ४ बस्ने देवनारायण महतोको पनि त्यस्तै समस्या छ । २०५२ सालमै लाइसेन्स लिएको उहाँको पनि अहिले अभिलेख भेटिँदैन । नवीकरण फेल हुँदा अब नविकरण गराउन दौडधुप गर्दासमेत अभिलेख नभेट्दा सास्ती भोग्नु परेको उहाँले बताउनुभयो ।

विनोद, रविन्द्र र देवनारायण उदाहरण मात्रै हुन् । उहाँहरु जस्तै दर्जनौँ सर्वसाधारण सेवाग्राहीको फाइल हराउँदा दौडधुप र समस्या झेल्नु परेको छ । कार्यालयको फाइल शाखामा काम गर्ने कर्मचारीको लापरवाहीले सेवाग्राही मर्कामा परेका हुन् ।

फाइल शाखामा कर्मचारी हुँदा हुँदै पनि केही सेवाग्राही जवरजस्ती फाइल शाखामा आफैँले फाइल खोज्ने गरेको फाइल शाखामा कार्यरत कर्मचारी रामविनय ठाकुरले बताउनुभयो । त्यसै कारणले पनि फाइल हराएको हुन सक्ने उहाँको भनाई छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया