MENU

समाज

ujyaalo forign call inside

​फिदिम बजारमा आगलागी, ठूलो क्षति हुनबाट जोगियो

उपेन्द्र येक्तेन/उज्यालो ।

पाँचथर, माघ २६ –पाँचथरको सदरमुकाम फिदिम बजारको एक घरमा शुक्रबार दिउँसो आगलागी भएको छ ।

  

फिदिम–१, बुद्धमार्गस्थित सूर्य निरौलाको घरमा शुक्रबार  दिउँसो साँढे दुई बजेतिर आगलागी भएको हो । आगलागीबाट घरको किचनमा भएका सामान, लत्ताकपडा र त्यसै घरमा रहेको निरौला छापाखानाका सामान जलेर नष्ट भएको छ । 

विद्युत सर्ट भएर आगलागी हुन पुगेको प्रहरीले जनाएको छ । समयमै दमकल आइपुगेकाले आगो अर्काे घरमा पुग्न नपाएर ठूलो क्षति हुनबाट भने फिदिम बजार जोगिएको छ । किचनका सामान र छापाखानाका सामान जलेर नष्ट हुँदा दश लाख बराबरको क्षति भएको पाँचथर प्रहरीले जनाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया