MENU

राजनीति

Ncell Axiata

तीन नम्बर प्रदेशका सांसदलाई सेवा–सुविधाको ओइरो, घडेरी पनि सस्तैमा दिइने

हरि हुमागाई /उज्यालो । 

मकवानपुर, माघ २६ – प्रदेश नम्बर ३ का प्रदेश सांसदले ५ वर्षभित्र पैसा तिर्ने गरी सहुलियत मुल्यमा हेटौंडामा घडेरी पाउने भएका छन् । 

केहिदिनअघि सांसदहरुलाई सरकारी निवास दिने निर्णय गरेको हेटौंडा उपमहानगरपालिकाले शुक्रबार सांसदहरुलाई सहुलियतमा सरकारी जग्गा घडेरीको रुपमा दिने निर्णय गरेको हो । नगरविकास समितिका अध्यक्ष राजु सुवेदीको अध्यक्षतामा बसेको बैठकले हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतको सिफारिसमा नगर विकासको स्वामित्वमा रहेको जग्गा सांसदहरुलाई घडेरीका रुपमा दिने निर्णय गरेको हो । यो निर्णयमा हेटौंडाका सबैजसो दलहरुले सहमति जनाएका छन् । प्रदेश सांसदहरु स्थायी रुपमै हेटाै‌ंडा बसुन् भनेर हेटौंडाको कमानेमा रहेको जग्गा हरेक सांसदलाई १० धुरका दरले  सहुलियत मुल्यमा दिने निर्णय गरिएको  हेटौंडाका मेयर हरिबहादुर महतले जानकारी दिनुभयो । 

मकवानपुरका ६ जना सांसदले भने सहुलियतको घडेरी पाउने छैनन् । अहिले सस्तोमा घडेरी किन्ने सांसदहरुले ५ वर्षभित्र पैसा तिर्ने नियम बनाइने मेयर महतले जानकारी दिनुभयो । यसअघि पनि नगरविकासको स्वामित्वमा रहेको हेटौंडाको हुप्राचौर र कमाने क्षेत्रको जग्गा प्लटिङ गरेर सर्वसाधारणलाई १ सय वटा घडेरी दिइएको थियो । 

हेटौंडा उपमहानगरपालिकाले यसअघि नै ९० जना  प्रदेश सांसदलाई सरकारी निवास दिने निर्णय गरिसकेको छ । यतिमात्रै होइन प्रदेश नम्बर ३ का सांसदहरुले हेटौंडाका होटलमा ४० प्रतिशत छुट पाएका छन् । प्रदेश नम्बर ३ को राजधानी हेटौंडाबाट अन्यन्त्र सानुपर्ने आवाज उठ्दै गएपछि सांसदहरुलाई प्रलोभनमा पार्न हेटौंडा उपमहानगरपालिकाले सरकारी निवासदेखि घडेरी दिएको हुनसक्ने अनुमान गरिएको छ ।      
   

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया