MENU

खेल

ujyaalo forign call inside

डिभिजन टू : ओमानका भरपर्दा ब्याट्सम्यान आउट

माघ २६ – नेपालले दिएको १३९ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रेको ओमानले  चाैथाे विकेट गुमाएको छ । 

१६ बलमा ११ रन बनाउँदै अाेमानी ब्याट्सम्यान खवर अली बाहिरिएका छन् । त्यस्तै तेस्राे विके६का रुपमा  ओमानका लागि लामो समय टिक्दै ४६ रन बनाएका अकिब इल्यासलाई वसन्त रेग्मीले पेभेलियन फर्काइदिएका छन् । त्यस्तै दोस्रो विकेटका रुपमा ओमानका जतिन्दर सिंह २४ रन बनाए आउट भएका थिए । उनलाई सन्दिप लामिछानेले आउट गरेका हुन् । 

ओमानको पहिलो विकेटका रुपमा एसएस खादेलाई सोमपाल कामीले १ रनमै पेभेलियन फर्काइदिएका थिए । २६ ओभरको खेलको समाप्तिमा ओमानले ३ विकेट गुमाउँदै ९५ रन बनाएको छ । 

यसअघि नामिबियाको विन्डहक मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा अलआउट हुँदै १३८ रन बनाएको थियो । सुस्त सुरुआत गरेको नेपालले ५० रन बनाउनका लागि २ विकेट खर्चिएको थियो । यस क्रममा उपकप्तान ज्ञानेन्द्र मल्ल पाँचौं ओभरको अन्तिम बलमा ओमानका विकेट किपरबाट क्याच आउट भए । कलिमुुल्लाहको बलमा सुल्तान अहमदबाट क्याच आउट हुनुु पूूर्व ज्ञानेन्द्रले ७ रन बनाएका थिए ।

त्यसपछि क्रिजमा आएका पारस खड्कासँग मिलेर ओपनर दिलिप नाथले २८ रनको साझेदारी गरेपछि क्याचआउट भए । दिलिप व्यक्तिगत १९ रनमा फियाज भुुटको बलमा ओडेड्राबाट क्याचआउट भएका थिए । त्यसपछि आरिफ शेख पनि ६ रन बनाएर आउट भए । नेपालको स्कोर ५६ रन हुँदा कप्तान पारस खड्का पनि ब्यक्तिगत १७ रनमा आउट हुँदा नेपालको ब्याटिङ धरापमा परेको थियो । पारसलाई कलिमुल्लाहले बोल्ड गरेका थिए ।

पाचौं विकेटका लागि दिपेन्द्रसिंह ऐरी र शरद भेषावकरले सुुस्त रहेको नेपाली पारीलाई केही गति दिए ।

त्यसपछि ३१ औं ओभरमा दिपेन्द्रसिंह ऐरी २० रनमा, ३२ औं ओभरमा बसन्त रेग्मी १ रनमा आउट भएपछि नेपालले ६ विकेट गुमाउँदै ९३ रन बनाएको थियो ।
त्यसपछि शरद भेषावकरले नेपालको स्कोर १११ रनसम्म धकेलेका थिए । तर उनी पनि ब्यक्तिगत २२ रनमा विलाल खानको बलमा क्याचआउट भए । त्यसपछि रोहीत पौडेलले १४ रन, करण केसीले ४ रन बनाउँदा सन्दिप लामिछाने डकआउट भए ।
सोमपाल कामी १७ रनमा अविजित रहे ।

बलिङतर्फ ओमानका कलिमुल्लाह एक्लैले ४ विकेट लिँदा विलाल खानले २ विकेट हात पारे ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस