MENU

समाज

ujyaalo forign call inside

विराटनगरको रघुपति जुटमिलमा आगलागी

मोरङ, माघ २६ – मोरङको विराटनगर महानगरपालिका १७ स्थित रघुपति जुटमिलमा आगलागी भएको छ । 

मिलको मेसिन तातिएर आगलागी भएको प्रहरीले जनाएको छ । मेसिन तताउने क्रममा शुक्रवार दिउँसो १ बजेतिर आगलागी भएको हो ।

आगलागीबाट करिब दश टन जुट जलेको छ । आगो इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी र मिलका कामदारको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब दश लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया