MENU

समाज

ujyaalo forign call inside

त्रिशूलीमा बेपत्ता भएका सचिवको शव भेटियो(अपडेट)

सिताराम अधिकारी/उज्यालो । 

धादिङ, माघ २७ – त्रिशुली नदीमा खसेर बेपत्ता भएका सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवको शव भेटिएको छ । नदीमा डुबेकाे जिपबाट उहाँकाे शव निकालिएकाे प्रहरीले जनाएकाे छ ।

बा २ झ ३१४० नम्बरको सिंचाइ मन्त्रालयको जिप काठमाडौं आउने क्रममा शनिबार बिहान धादिङको बेनीघाट रोराङ गाउँपालिका-३ को सलाङघाटबाट त्रिशुली नदीमा खसेकाे हाे । ड्राइभर सिटबाट सिट बेल्ट काटेर यादवको शव निकालेकाले जिप सचिवले चलाउँदा दुर्घटनामा परेको पुष्टि भएको प्रहरीले जनाएको छ । 

जिपमा सवार सचिव यादवका छोरा सन्तोष यादव र साथीकाे भान्जी उन्नती गुप्ता अझै बेपत्ता छन ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया