MENU

मनोरञ्जन

ujyaalo forign call inside

कपिल शर्मा गर्दैछन् टेलिभिजनमा 'कमब्याक'

माघ २७ – हाँस्यकलाकार कपिल शर्माका केही समयको विश्रामपछि फेरि दर्शकलाई हँसाउन तयार भएका छन् । कपिल शर्मा छिट्टै सोनी टेलिभिजनको नयाँ शो मार्फत कमब्याक गर्दैछन् । 

सोनी टेलिभिजनले कपिलको नयाँ शोको प्रोमो सार्वजनिक गरेको छ । जसमा कपिल एक अटोमा बसेर अटो चालकलाई सोनी टिभीको कार्यालयसम्म जान भन्छन् तर बेरोजगार कपिललाई अटो चालकले त्यहाँसम्म जानको लागि पहिलेको उधारो पैसा तिर्न भन्छन् । त्यसै क्रममा सोनी टिभीको फोन आएपछि कपिल अटो छोडेर बस चढेर जाँदैछन् । 

कपिल शर्मा छ महिनाको ब्रेकपछि फेरि टेलिभिजनमा फर्किदैछन् । ब्लड प्रेसर र डिप्रेसनका कारण कपिलले सोनी टिभीको कार्यक्रम बन्द भएको थियो ।  यस्तै रक्सी र नशाको कुलतमा फसेका कपिल केही समय रिह्याब सेन्टरमा बसेका थिए । त्यसपछि उनको दोस्रो फिल्म ‘फिरंगी’ प्रदर्शन भएको थियो । जुन फिल्म बक्स अफिसमा फ्लप भएको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया