MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

​मोदीको प्यालेस्टाइन भ्रमण : हेलिकप्टर जोर्डनको, सुरक्षा इजरायलको

माघ २७ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तीन देशको भ्रमणका क्रममा शनिबार प्यालेस्टाइनको रमल्लाह पुग्नुभएको छ । यसका लागि इजरायली वायु सेनाले सुरक्षा तथा जोर्डनले हेलिकप्टर उपलब्ध गराएको छ ।

 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्वीटरमा लेखेका छन्, ‘आज इतिहास लेखिएको छ । पहिलो पल्ट भारतीय प्रधानमन्त्री प्यालेस्टाइन पुग्नुभएको छ । रमल्लाह जानका लागि जोर्डन सरकारले हेलिकप्टर उपलब्ध गराएको छ भने इजरायली वायु सेनाले सुरक्षा ।’

भारतीय प्रधानमन्त्री मोदी फ्रेब्रुअरी ९ देखि प्यालेस्टाइन, जोर्डन तथा युएईको चार दिनको भ्रमयामा निस्कनुभएको छ । शनिबार उहाँ प्यालेस्टाइनको गाँजापट्टी र रमल्लाह पुग्नुभएको छ ।

 

केही समय अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा स्वीकार गर्नुभएको थियो । त्यसपछि यस क्षेत्रलाई पवित्र तथा आफ्नो भूमि मान्ने प्यालेस्टाइन र इजरायलको बीचमा तनाव बढेको थियो । 

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले केही समयअधि भारत भ्रमण गर्नुभएको थियो । उहाँले भ्रमणका अवसरमा भारतीय समकक्षी मोदीसँग भेटघाट गर्नुभएको थियो । त्यसैले पनि मोदीको प्यालेस्टाइन भ्रमणलाई महत्वका साथ हेरिएको छ । 

प्यालेस्टाइनको भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुनुहुन्छ । यसभन्दा अघि सन् १९६० मा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले गाँजापट्टीको भ्रमण गर्नुभएको थियो । तर त्यस बेला प्यालेस्टाइन अस्तित्वमा आएको थिएन । 

रमल्लाह पुगेर मोदीले प्यालेस्टाइनका पूर्व राष्ट्रपति यासेर आराफातको समाधिमा पुष्प गुच्छा अर्पण गर्नुभएको थियो । आराफातले इन्दिरा गान्धीलाई बहिनीको रुपमा हेर्नुहुन्थ्यो । 

भारतीय प्रधानमन्त्री मोदीको प्यालेस्टाइन भ्रमणका बारेमा सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया