MENU

साहित्य/ कला

ujyaalo forign call inside

​खोटाङ आइडलमा १० प्रतियोगी छानिए

खोटाङ, माघ २७ – ‘गला र संगितको पहिचान, नव प्रतिभाको खोजी हाम्रो अभियान’ भन्ने नारासहित खोटाङमा सञ्चालन भइरहेको खोटाङ आइडलमा १० गायक/गायिका छानिएका छन् ।

जिल्लाको आठ गाउँपालिका र दुई नगरपालिकाको ११ स्थानबाट छनौट गरिएका प्रतियोगीमध्ये आइडलको पाँचौं अडिसनबाट अमिता राई,  राजन गिरी, केदार अनुरागी, उमेश राई, सृजना राई, सुमन राई, दीपा राई, सुजता परियार, रोहित राई र तेज राई छानिएको आयोजक परिबर्तन नेपाल राजापानीका संयोजक जिबन के राईले बताउनुभयो ।

पपलोक लयमा आधारित गीत गाउन लगाईएको गीतमा चौथो संस्करणमा १७ जना प्रतियोगीहरु सहभागीमध्ये दश जना छानिएका हुन् ।

निर्णायकको ७० प्रतिशत र दर्शकहरुको ३० प्रतिशत मतलाई आधार मानेर परिणाम सार्वजानिक गरिएको हो । छैटौं अडिसन फागुन दोश्रो साता हुने संयोजक राईले जानकारी दिनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया