MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

हङकङमा दुई तले बस दुर्घटना : १९ जनाको मृत्यु, ४० घाइते

माघ २७ – हङकङमा एउटा डबल डेकर(दुई तले) बस दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । त्यस्तै दुर्घटनामा परि ४० जना घाइते भएको अधिकारीले जनाएका छन् ।

बसले घोडा दौडमा सहभागी दर्शक तथा कामदारहरु बोकेको जनाइएको छ । स्थानीय सञ्चार माध्यमले जनाए अनुसार बस तीव्र गतिमा गुडेको थियो । उद्धारकर्ता निकै बरेपछि मात्रै बसभित्र फसेका मानिसको उद्धार गर्न सफल भएका थिए । 

केही वर्षयता हङकङमा दुर्घटना बढ्दै आएको छ । जुलाई २००३ मा दुई तले बस दुर्घटनाग्रस्त हुँदा २१ जनाको ज्यान गएको थियो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया