MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

रोमियोले ९ वर्षदेखि नभेट्टाएको जोडी यस पल्टको भ्यालेन्टाइनमा भेट्टाउला त ?

माघ २७ – अनलाइनबाट विवाहका लागि जोडी खोजेको त नौलो कुरै भएन । तर अनलाइनबाटै भ्यागुताका लागि जोडी खोजेको कुरा भने नौलो हुनसक्छ ।

बाेलिभियामा बच्चा नभएकाे रोमियो नाम गरेको एउटा भ्यागुताका लागि वेबसाइटमार्फत जोडी खोजिएको छ । ११ वर्षको रोमियो नाम गरेको भ्यागुतोको लागि ‘जुलियट’ खोज्न गएको ९ वर्षदेखि एक–से–एक वैज्ञानिक  लागि परेका छन् तर उनीहरु अहिलेसम्म सफल भएका छैनन् । 

एउटा डेटिङ वेबसाइटमा रोमियोको रुचीलगायतका विविध जानकारीसहित प्रोफाइल नै राखिएको छ ।  यो भ्यागुतो सेह्वेनकस प्रजातिको एक मात्र जीवित भ्यागुतो हो । त्यस कारण पनि यस प्रजातिको भ्यागुतोको संरक्षणमा वैज्ञानिकहरु दिनरात खटिरहेका छन् । यस प्रजातिको भ्यागुता लोप नहुन् भन्ने उद्धेश्यले उसका लागि जोडी खोजिएको हो । 

भ्यालेन्टाइन डे भन्दा अघि नै रोमियो नामक त्यस भ्यागुतोका लागि जोडी खोज्न भन्दै गरिएको फन्डरेजिङ क्याम्पेनमा १५ लाख रुपैयाँभन्दा बढी रकम उठिसकेको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया