MENU

बातावरण-कृषि

Ncell Axiata

​मौसमविद् भन्छन्, ‘एक दुई दिनमा पानी पर्ने सम्भावना छ’

माघ २८ – अबको एक दुई दिन देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

आइतबार पश्चिमको एक दुई ठाउँमा हल्का पानी पार्ने पश्चिमी वायु रातिसम्ममा देशभरि नै फैलने भएकाले भोलि र पर्सि धेरै ठाउँमा पानी पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि र पर्सि उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात पनि हुनेछ । बुधबारदेखि भने मौसममा सुधार हुने उहाँको अनुमान छ ।

गएराति पश्चिममा प्रवेश गरेको पश्चिमी वायु आइतबार रातिसम्ममा देशभरि नै फैलिएर भोलिदेखि पानी पर्ने अनुमान गरिएको मौसमविद् श्रेष्ठको भनाई छ ।
उच्च हिमाली तथा पहाडी क्षेत्रमा भारी हिमपात हुने भएकाले सतर्कता अपनाउन पर्वतारोहीलाई उहाँको सुझाव छ ।

पश्चिमी वायुकै प्रभावले आइतबार देशभरी कै मौसम आंशिक बदली भए पनि पश्चिमको मौसम भने खुल्ने सम्भावना नभएको मौसमविद्को श्रेष्ठले बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया