MENU

मनोरञ्जन

ujyaalo forign call inside

२७ वर्ष पछि एकसाथ आउँदैछन् अमिताभ बच्चन र ऋषि कपूर

माघ २८ - बलिउडका महानायक अमिताभ बच्चन र ऋषि कपूर २७ वर्ष पछि फेरी एक साथ दर्शक सामु आएका छन् । चलचित्र ‘१०२ नट आउट’मा उनीहरु एकसाथ देखिने भएका हुन् ।

चलचित्र ‘अमर अकबर एन्थनी’ मा अमिताभ र ऋषि दाजुभाइको रुपमा दर्शक माझ आएका थिए । चलचित्र ‘१०२ नट आउट’ मा भने यो जोडीलाई पिता र पुत्रको भूमिकामा दर्शकहरुले हेर्नेछन । चलचित्रमा अमिताभ बच्चन ऋषि कपूरको पिताको भूमिकामा देखिनेछन । 

चलचित्र ‘१०२ नट आउट’ को टीजर सार्वजनिक भैसकेको छ । यो फिल्ममा १०२ वर्ष उमेर भएर पनि निकै सकारात्मक जीवन बिताउने पिता र पिताभन्दा आधा उमेरको पुत्रको जीवन प्रतिको निराशपनलाई चित्रण गरिएको छ । अमिताभ र ऋषिलाई एकसाथ हेर्नका लागि दर्शक निकै उत्साहित छन् । चलचित्रको टीजरले दर्शकको चलचित्रप्रतिको उत्साह झनै बढाएको छ ।

यसअघि अमिताभ बच्चन र ऋषि कपूर चलचित्र कभि कभि (१९७६), अमर अकबर एन्थोनी (१९७७), नसिब (१९८१), कूलि (१९८३) र अजूबा (१९९१) मा सँगै काम गरेका थिए ।

यसअघि ‘ओ माइ गड’ जस्ता सफल चलचित्र निर्देशन गरिसकेका उमेश शुक्लाले यो चलचित्रको निर्देशन गर्दैछन् । चलचित्र ‘१०२ नट आउट’ २०१८ को मे ४ मा प्रदर्शन हुनेछ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया