MENU

यो पनि समाचार

Ncell Axiata

​गोवाका मुख्यमन्त्रीलाई युवतीले गरे ‘बियरले हमला’ !

माघ २८ – महिलाको खानपिन तथा लवजलाई लिएर धेरै पटक बयानबाजी भएको छ । यसपल्ट युवतीहरुको मदिरा पिउने कुराले सामाजिक सञ्जाल तातेको छ । ट्वीटरमा #GirlsWhoDrinkBeer  ट्रेन्डिङ भैरहेको छ । यसको कारण हो गोवाका मुख्यमन्त्री मनाहोर पर्रिकरको एक बयान ।

सामाजिक सञ्जालमा पर्रिकरको त्यो बयानको कडा आलोचना भैरहेको छ जसमा उनले भनेका थिए, मलाई यो डर छ कि अब केटीहरुले पनि बियर पिउन थालेका छन् । सहनशीलताको सीमा पार भैरहेको छ । समाचारहरुका अनुसार मुख्यमन्त्री पर्रिकरले गएको शुक्रबार राज्य विधानमण्डलद्वारा आयोजित स्टेट यूथ पार्लियामेन्टमा यो कुरा भनेका थिए ।

पर्रिकर यस कार्यक्रममा युवाहरुमा रहेको नशाको लतका बारेमा बोलिरहेका थिए । उनको बयानपछि भारतीय युवतीहरु ट्वीटरमा बियर पिउँदै गरेको तस्बिर राखेर मुख्यमन्त्री पर्रिकरको विरोध गरिरहेका छन् । निशिता गौतम ट्वीटरमा लेख्छिन्, ‘मिस्टर पर्रिकर, गोवाबाट चियर्स, हिँड केटी हो यो विकेन्ड रमाइलो गरौँ ।’

वीना वेणुपाल लेख्छिन्, ‘#GirlsWhoDrinkBeer आफ्नै बुवासँग पनि पिउँछन् । शिखा नाम गरेकी अर्की युवती लेख्छिन्, ‘मिस्टर पर्रिकर म तपाईँको डर देख्न सक्छु ।’ एनआरके ह्याण्डलबाट अर्को ट्वीट रहेको छ, ‘कहिलेकाहीँ आफ्नै बुवासँग पनि ।’ चलचित्र निर्माता विजेक अग्निहोत्री लेख्छन्, ‘एक असल युवती, सेल्फी ग्याङवाला नारीवादी होइन ।’

सीमा गोश्वामी लेख्छिन्, ‘बियर मात्रै किन केटी हो सबै पिउ ।’ प्राची नाम गरेकी अर्की ट्वीटर प्रयोगकर्ता नेताको आलोचना गर्दै लेख्छिन्, ‘#GirlsWhoDrinkBeer  ती नेताहरुभन्दा कैयौँ गुणा ठिक छन् जो पोगो हेर्छन् र गौमूत्रमा हंगामा गर्दछन् ।’

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया