MENU

खेल

Ncell Axiata

ह्याट्रिकबाट चुकेका सन्दीपलाई दिल्ली डेयरडेभिल्सले भन्यो : अविश्वसनीय प्रदर्शन

काठमाडौं, माघ २८ – डिभिजन टू अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई १ सय १४ रनमा अलआउट गर्दा युवा स्टार सन्दिप लामिछानेले ३ विकेट लिए । १८औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएर ह्याट्रिकबाट चुकेका उनले त्यसपछि अर्को एक विकेट लिए ।

सन्दिपको आजको प्रदर्शनमाथि टिप्पणी गर्दै आइपीएलमा उनको टोली दिल्ली डेयरडेभिल्सले अविश्वसनीय भएको जनाएको छ । दिल्लीको आधिकारिक ट्वीटर पेजमा उनको आजको प्रदर्शन अविश्वसनीय रहेको भन्दै प्रशंशा गरिएको छ ।

उनले १८ ओभरको दोस्रो बलमा रमिज साहजादलाई ४ रन तथा तेस्रो बलमा मोहमद उस्मानलाई खाता खोल्नै दिएनन् ।  चौथो बलमा युएइका ब्याट्सम्यानले रन नलिएपछि सन्दीप ह्याट्रिक गर्न चुके ।  सन्दीपले व्यक्तिगत तेस्रो विकेटको रुपमा ३० रन बनाएर खेलिरहेका शइमान अन्वारलाई बोल्ड गरे ।


प्रतियोगितामा यसअघिका दुई खेलमा सन्दिपले ६विकेट लिएका थिए । पहिलो खेलमा नामिवियाविरुद्ध ४ तथा दोस्रो खेलमा युएईविरुद्ध २ विकेट लिएका हुन् । सन्दीपलाई दिल्लीले अक्सनमार्फत २० लाख भरुमा आफ्नो टिममा आवद्ध गरेको थियो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया