MENU

खेल

ujyaalo forign call inside

पारस खड्काको बिष्फोटक ब्याटिङ र सोमपाल कामीको उत्कृष्ट बलिङले नेपाल विजयी

काठमाडौं, माघ २८ – पारस खड्काको विष्फोटक ब्याटिङ मद्दतमा आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूको तेस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । नामिबियाको विन्डहकमा युएईले दिएको १ सय १४ रनको सामान्य लक्ष्य नेपालले २८ ओभर ५ बलमा ६ विकेट गुमाएर भेट्टायो । 

नेपालको जितमा कप्तान पारस खड्काको अर्धशतक महत्वपूर्ण रह्यो । ४८ बल खेलेका उनले २ चौका र ५ छक्काको मद्दतमा ५१ रन हानेका थिए । यस्तै बलिङतर्फ सोमपाल कामीले ४ र सन्दीप लामिछानेले ३ विकेट लिए । 

ओपनर र भरपर्दा व्याट्सम्यान दोहोरो अंकमा रन नजोडी आउट हुँदा पारसले आक्रामक व्याटिङ गरे । ज्ञानेन्द्र मल्ल ५, दीपेन्द्रसिंह ऐरी ४, शरद भेषावकर ३, दिलिपनाथ २ रनमा आउट भएपछि छैटौं व्याट्सम्याका रुपमा क्रिजमा आएका आरिफ शेखसँग मिलेर पारसले छक्का हान्दै टिमलाई जिततर्फ डोहोर्‍याएका हुन् । 

पारस व्यक्तिगत ५१ र आरिफ १६ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका सोमपाल कामीले ५ बलमा १ छक्कासहित १० रन बनाउदै टिमलाई जित दिलाए । रोहित पौडेल १२ रनमा अविजित रहे ।

यसअघि युएई बर्षाका कारण ढिलो शुरु भएर ३४ ओभरमा झारिएको खेलमा ३१ ओभरमा मा नै अलआउट हुँदै १ सय १४ रन बनाएको थियो । युएईलाई सस्तैमा अलआउट गर्न सोमपाल कामीले ४ सन्दीप लामिछानेले ३, पारस खड्काले २ र करण केसीले १ विकेट लिए ।

पहिलो ओभरमा नै युएईका ओपनिङ ब्याट्सम्यान असफाक अहमद शून्य रनमा नै आउट गरेका नेपालका सोमपाल कामीले सातांै ओभरमा युएइका गुलाम सवारलाई १६ रनमा आउट गर्दै व्यत्तिगत दोस्रो विकेट हात पारे ।नवौ विकेट लिने क्रममा मोहम्मद नामिदलाई १० रनमा आउट गरेका सोमपालले १० औं विकेटका लागि अमिद राझालाई ८ रनमा आउट गराउदै उनले ४ विकेट लिए  । 

आठौं ओभरमा नेपालका करण केसीले तेस्रो विकेट लिए । उनले युएईका गुलाम सवारलाई १६ रनमा आउट गरेका हुन् । चौथो,पाँचौ र छैटौं विकेट सन्दीप लामिछानेको नाममा रह्यो । युएइका रमिज साहजलाई ४ रनमा आउट गरेका सन्दीपले मोहम्मद उस्मानलाई शून्य रनमा पेभेलिएनको बाटो देखाएका हुन् । ३० रन बनाएर खेलिरहेका युएइका साहिमन अन्वारलाई सन्दीपले २२ औं ओभरमा आउट गरेका हुन् । सातौं र आठौं विकेट नेपालका कप्तान पारस खडकाले लिएका थिए । पारसले अद्नान मुफ्त्तीलाई १८ र मोहम्मद बोटालाई १५ रनमा आउट गरेका हुन् । 

आजको जितसँगै नेपाल ४ अंकसहित अंकतालिकाको दोश्रो स्थानमा उक्लिएको छ । तीन वटै खेलमा अपराजित रहेको क्यानडा भने ६ अंकसहित शीर्ष स्थानमा  छ । डिभिजन टूको शीर्ष दुई स्थानमा रहने टोलीले विश्वकप छनौट खेल्न पाउनेछन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया