MENU

खेल

Ncell Axiata

डिभिजन टू : नेपाल अंक तालिकाको दोश्रो स्थानमा

काठमाडौं, माघ २८ – विश्व क्रिकेट लिग डिभिजन टूका ३ खेल सकिँदा नेपाल अंक तालिकाको दोश्रो स्थानमा उक्लिएको छ । आज भएको खेलमा नेपालले युएइलाई ४ विकेटले हरायो । २ जित र १ हारसहित नेपालको ४ अंक छ । ३ खेल जितेको क्यानडाको ६ अंक छ । 
 
यसअघि नेपालले आयोजक नामिबियालाई १ विकेटले हराएको थियो भने ओमानसँग ६ विकेटले हारेको थियो । 
 
नेपालले बाँकी खेल केन्यासँग सोमबार र क्यानडासँग मंगलबार खेल्नेछ ।
 
नेपाल, नामिबिया, केन्या, ओमान, युएइ र क्यानडासहित ६ देश सहभागी डिभिजन टूको शीर्ष २ स्थानमा रहने टोलीले जिम्वाबेमा हुने विश्वकप छनौट खेल्न पाउनेछन । बराबर अंक भएमा रनरेटको आधारमा शीर्ष टीमको टुङ्गो लाग्नेछ । 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया