MENU

खेल

ujyaalo forign call inside

​लिभरपुल तेस्रो स्थानमा उक्लियो

माघ २९ – लिभरपुल इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा साउथह्याम्टनलाई २–० ले हराउँदै लिभरपुल अंक तालिकाको तेस्रो स्थानमा बढुवा भएको हो । साउथह्याम्टनलाई उसकै मैदानमा हराउन रोबर्टो फिरिमिनो र मोहम्मद सलाहले गोल गरे ।

खेलको छैटौं मिनेटमा रोबर्टो फिरमिनोले मोहम्मद सलाहको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । पहिलो हाफ सकिन तीन मिनेट बाँकी हुँदा फिरमिनोको पासमा यसपटक मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई २–० को अग्रता दिलाए ।

नतिजासँगै लिभरपुलले दोस्रो स्थानको म्यान्चेष्टर युनाइटेडसँगको दूरी पनि घटाएको छ । लिभरपुलले २७ खेलबाट ५४ अंक बनाएको छ । २६ अंक भएको साउथह्याम्टन रेलिगेसन जोनमा छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया