MENU

खेल

Ncell Axiata

​म्यान्चेष्टर युनाइटेड न्यू क्यासलसँग पराजित

माघ २८ – म्यान्चेष्टर युनाइटेड रेलिगेशन जोनको न्यू क्यासल युनाइटेडसँग पराजित भएको छ ।

न्यू क्यासलको मैदानमा भएको खेलमा दोस्रो स्थानमा रहेको युनाइटेड १–० ले पराजति भएको हो । गएको अक्टोबरदेखिकै न्यू क्यासलको यो आश्चर्यको जित हो ।

म्याट रिचीको दोस्रो हाफको गोल निर्णायक बन्दा युनाइटेडले न्यू क्यासलबाट पराजय भोगेको हो । हारसँगै युनाइटेडले शीर्ष स्थानको म्यान्चेष्टर सिटीसँगको अंक दूरी घटाउने मौका पनि गुमाएको छ ।

पहिलो हाफ गोलरहित बनेको खेलको ६५ औं मिनेटमा रिचीले गोल गरेका थिए । रेलिगेशन क्षेत्रबाट उम्किने प्रयासमा रहेको न्यू क्यासलले महत्वपूर्ण तीन अंक जोड्दै २५ अंकसहित १७ औं स्थानमा उक्लिएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया