MENU

राजनीति

ujyaalo forign call inside

​पाँच नम्बर प्रदेशको सभामुख रुकुमका घर्ती सिफारिस

रुपन्देही, माघ २९ – पाँच नम्बर प्रदेशको सभामुख रुकुमका पूर्णबहादुर घर्ती  बन्ने पक्का भएको छ ।

गएराति सम्पन्न भएको माओवादी केन्द्रको संसदीय दलको बैठकले घर्तीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । एमाले र माओवादी केन्द्रका बीचमा एमालेले मुख्यमन्त्री र माओवादी केन्द्रले सभामुख पाउने सहमति भएकाले घर्ती  सभामुख हुने पक्का भएको हो ।

कुलबहादुर केसीलाई संसदीय दलको नेता चयन गरेको बैठकले उप–नेतामा प्यूठानका कृष्णध्वज खड्का, प्रमुख सचेतकमा रुपन्देहीका दधिराम न्यौपाने र सचेतकमा दाङकी दामा शर्मा बनाउने निर्णय गरेको छ । सभामुखको चुनाव फागुन २ गते हुने छ ।

सभामुखको लागि मंगलवार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया