MENU

राजनीति

Ncell Axiata

समृद्ध प्रदेश निर्माणमा जुटने मुख्य मन्त्री पौडेलको प्रतिवद्धता

मकवानपुर, माघ २९ – प्रदेश नम्बर ३ मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नम्बर ३ लाई देशकै नमूना प्रदेश बनाउने बताउनुभएको छ । सातवटा प्रदेश मध्ये ३ नम्बर प्रदेशलाई उत्कृष्ट प्रदेश बनाउन उत्कृष्ट विकाशको मोडलका साथ काम गर्ने उहाँले बताउनुभएको छ । 

प्रदेश मन्त्रीपरिषदले के काम गर्ने, के काम नगर्ने भन्ने बिषयमा कानुननै बनिनसकेको उल्लेख गर्दै उहाँले कानुन निर्माण भएपछी यो  प्रदेशमा भएका सबै संरचनाको अध्यनन गरेर काम थाल्ने उहाँले बताउनुभयो ।

ठाउँको सम्भावना अनुसार विकासका लागि जोड गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘मकवानपुरको एउटा सम्भावना होला, चितवनको अर्को सम्भावना छ, काठमाडौंको अर्को सम्भाबना छ, त्यही सम्भावनालाई टेकेर बिकाशको खाका तयार गरेर काम अगाडि बढाउछु ।’

विकेन्द्रिकरण र शहरी विकासमा दख्खल राख्ने पौडेलले तीन नम्बर प्रदेशमा फराकिलो सडक र खेतीयोग्य जमिनको संरक्षण गर्दै ब्यवस्थित बस्ती बसालेर सुन्दर समाजको निर्माण गरिने पनि बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया