MENU

राजनीति

ujyaalo forign call inside

को हुन प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेल ?

हरि हुमागार्इ/उज्यालाे ।

मकवानपुर, माघ २९ - प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल हेटौंडा उपमहानगरपालिका ११, नवलपुरका बासिन्दा हुनुहुन्छ । उहाँको जन्म २००२ साल चैत १५ गते बुवा मायानाथ पौडेल र माता कुलकुमारी पौडेलको कोखबाट भएको हो । 

२०३० सालदेखि विद्यार्थी राजनीतिमा लागेका पौडेल २०३६ सालदेखि सक्रिय राजनीतिमा हुनुहुन्छ । मानविकी संकायमा स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका पौडेलले २०३२ सालदेखि १० वर्ष शिक्षण गर्नुभएको थियो । 

तत्कालीन नेकपा मालेबाट राजनीतिक यात्रा सुरु गरेका पौडेललाई २०४६ सालको जनआन्दोलन ताका सरकारले टाउकोको मूल्य तोकको थियो । त्यसपछि यहाँ ५६ दिन भारतमा निर्वासित हुनुभएको थियो । पौडेललाई विभिन्न अभियोगमा सरकारले ४ पटक जेल हालेको थियो । उहाँलाई प्रहरीले १८ पटक पक्राउ गरेर हिरासतमा राखेको छ । पौडेल ०४८ र ०५४ सालको चुनावबाट हेटौंडा नगरपालिकाको मेयर बन्नुभएको थियो । 

३८ वर्षको राजनैतिक यात्राको क्रममा पछिल्लो समय सम्पन्न प्रदेशसभा चुनावमा उहाँ हेटौडा क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँले कांग्रेसका उम्मेदवार अशोक शाक्यलाई ४ हजार १ सय २२ मतले पछि पार्नुुभएको थियो । 

एमालेको केन्द्रीय राजनीतिमा खासै चर्चा नभएका पौडेललाई मुख्यमन्त्रीको चुनाव नहुँदासम्म कसैले पनि मुख्य मन्त्रीका रुपमा चर्चा गरेको थिएन । पौडेल स्वयमले पनि आफू मुख्यमन्त्रीको दावेदार भएको प्रचार गर्नुभएको थिएन ।

प्रदेश नम्बर ३ को पहिलो बैठकमा जेष्ठ सदस्यको नाताले सभामुखको भूमिका निर्वाह गरेका पौडेललाई धेरै जनाले सभामुखको दावेदारको रुपमा हेरेका थिए । चुनावी समयदेखि नै मुख्यमन्त्रीको चर्चामा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटब्यूरो सदस्य राजेन्द्र पाण्डेको चर्चा थियो । 

शाक्य र पाण्डे कसलाई मुख्यमन्त्री बनाउने भन्ने बहस चरम उत्कर्षमा पुगेको बेला बल्ल पौडेलले आफू पनि प्रदेश नम्बर ३ को एमाले संसदीय नेताको दावेदार रहेका उल्लेख गर्नुभएको थियो । 

प्रदेश ३ का मुख्यमन्त्री पौडेलद्वारा शपथ ग्रहण (फाेटाेसहित)

मुख्यमन्त्रीको दौडबाट पाण्डे पछि हटेपछि भएको चुनावमा पौडेलले एमाले उपाध्यक्ष शाक्यलाई १० मतले हराउँदै संसदीय दलको नेतामा विजयी हुनुभयो ।  एमाले संसदीय दलकाे नेतामा विजयी भएसँगै पाैडेल अाइतबार नेपालकै पहिलाे मुख्यमन्त्रीकाे रुपमा प्रदेश नम्बर ३ काे मुख्यमन्त्री हुनुभएकाे छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया