MENU

मनोरञ्जन

Ncell Axiata

‘शेरबहादुर’लाई धोका, टिकट सबै बुक तर हल खाली

काठमाडौं, माघ २९ – आर राजवंशीको निर्देशन रहेको सिनेमा ‘शेरबहादुर’ गएको शुक्रबार प्रदर्शनमा आएको सिनेमा हो ।

यो सिनेमाले मेकिङका हिसाबले खुबै तारिफ बटुल्यो । चलेका र राम्रो सिनेमा बनाइरहेका निर्माता तथा निर्देशकले समेत सिनेमाको तारिफ गरेका थिए । हलिवुड सिनेमाबाट प्रभावित ‘शेरबहादुर’ले मेकिङमा जति तारिफ बटुल्यो त्यति राम्रो कारोबार भने गर्न सकेन । 

सुरुवाती दुूई दिनमा सिनेमाको कारोवार राम्रै थियो । शुक्रबार ५५ प्रतिशत अकुपेन्सी रहेको सिनेमाको शनिबार बिदा भएका कारण ८० प्रतिशत अकुपेन्सी रह्यो । तर त्यसपछि भने सिनेमाको कारोबार लगभग बन्द जस्तै हुनपुग्यो । अकस्मात सिनेमाको कारोबार  बन्द हुनुको कारण थियो  बिना पैसा टिकट बुकिङ । 

सिनेमा हेर्ने भन्दै फोन र अनलाइनबाट सिनेमाका टिकटहरु बुक भए तर हलमा सिनेमा हेर्न कोही पनि गएनन् । उता सिनेमा हेर्न हलसम्म पुगेका दर्शक टिकट नपाएर फर्किए जसले गर्दा सिनेमाका टिकट सबै  बुक हुँदा पनि सिनेमाले हलभित्र दर्शक पाएन ।

सिनेमाका निर्माता गौरीशंकर धुजुले यो कसरी भयो र किन भयो, अनि कसले गर्यो आफूहरु पनि चकित परेको बताएका छन् । नेपालबाहिर त्यसरी टिकट बुक गर्ने व्यवस्थित सिस्टम छ  । बुक गर्नेले  विभिन्न माध्यमबाट अग्रिम भुक्तानी गरेका हुन्छन् । जसका कारण कारोवारमा समस्या हुँदैन र पैसा तिरेर बुक गर्नेहरु हलमा पुग्छन् । तर शेरबहादुरलाई भने नक्कली बुकको मार परेको हो  । 

यद्यपि दोस्रो सातामा रहेको सिनेमा गोपीकृष्ण, अष्टनारायण र गुण सिनेमा ग्वार्कोमा भने प्रदर्शन भइरहेको छ । सिनेमामा सुनिल थापा, मेनुकाप्रधान, रविन्द्र झा, कर्मा शाक्यलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । 

-उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया