MENU

खेल

Ncell Axiata

​सन्दिपले लिए केन्याको पहिलो विकेट, ओबान्डा ४१ रन बनाउँदै आउट

काठमाडौं, माघ २९ – आइसीसी डिभिजन टूको आफ्नो चौथो खेलमा नेपाल अहिले केन्यासँग खेलिरहेको छ ।
 

टस जितेर फिल्डिङ राजेको नेपालले केन्याको पहिलो विकेट झारेको छ । नेपालका सन्दिप लामिछानेले १७ औँ ओभरको अन्तिम बलमा केन्याका एए ओबान्डाको विकेट लिएका हुन् । ओबान्डाले ४६ बल खेल्दै ५ चौकासहित ४१ रन बनाए ।

 

यसअघि खेलेका तीन खेलमध्ये नेपाल दुई खेलमा विजयी भएको छ भने एक खेलमा हारेको थियो । पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले हारेको थियो ।

शनिबार भएको तेस्रो खेलमा भने युएइलाई ४ विकेटले हराएको थियो । तीनमध्ये दई खेल जितेको नेपाल ४ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने दुई खेल खेलेर दुवै हारेको केन्या अंक तालिकाको पुछारमा रहेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया