MENU

खेल

ujyaalo forign call inside

​सन्दिपले केन्याको दुई विकेट झारे

काठमाडौं, माघ २९ – आइसीसी डिभिजन टूको आफ्नो चौथो खेलमा नेपाल अहिले केन्यासँग खेलिरहेको छ ।

टस जितेर फिल्डिङ राजेको नेपालले केन्याको दोस्रो विकेट झारेको छ । नेपालका सन्दिप लामिछानेले १८ औँ ओभरको चौथो बलमा केन्याका डिएम गोन्डारियालाई ४ रनमै पेभेलियन फर्कादिएका हुन् । गाेन्डारियालाई सन्दिपकाे बलमा दीपेन्द्रसिंह एेरीले क्याचअाउट गरेका हुन् ।

 यसअघि १७ औं ओभरको अन्तिम बलमा सन्दिपले नै केन्याको पहिलो विकेटका रुपमा एए ओबान्डाको विकेट लिएका थिए । ओबान्डाले ४६ बल खेल्दै ५ चौकासहित ४१ रन बनाएका थिए । अहिले २० ओभरको समाप्तिमा केन्याले २ विकेट गुमाउँदै ७७ रन बनाएको छ ।

 

यसअघि खेलेका तीन खेलमध्ये नेपाल दुई खेलमा विजयी भएको छ भने एक खेलमा हारेको थियो । पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले हारेको थियो । शनिबार भएको तेस्रो खेलमा भने युएइलाई ४ विकेटले हराएको थियो । तीनमध्ये दई खेल जितेको नेपाल ४ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने दुई खेल खेलेर दवौन हारेको केन्या अंक तालिकाको पुछारमा रहेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया