MENU

राजनीति

Ncell Axiata

ओली–प्रचण्ड पार्टी एकता र सरकार गठनको सहमति नजिक

काठमाडौं, माघ २९ – एमाले र माओवादी केन्द्रका अध्यक्षहरु पार्टी एकता र सरकार गठनमा सहमति नजिकै पुगेका छन् ।

दुई अध्यक्षहरुबीच ललितपुरको मानभवनमा रहेको एक निजी घरमा भएको एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल पार्टी एकता र सरकार गठनका लागि सहमति नजिकै पुगेको एमाले अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ । 

अध्यक्ष अ‍ोलीका प्रेस संयोजक चेतन अधिकारीले दुवै जना अध्यक्षले एक्लाएक्लै आज झण्डै २ घण्टा छलफल भएको र छलफल सहमतिको नजिकै पुगेको दावी गर्नुभयो ।

दुवै अध्यक्षहरुबिच भोलि फेरि एक्लाएक्लै बैठक बस्ने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकता र सरकार गठनको विषय टुंग्याउने सहमति पनि भएको उहाँले बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया