MENU

राजनीति

Ncell Axiata

स्थापित प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार मन्त्री, जमरकट्टेल कानुन मन्त्री

मकवानपुर, माघ २९ – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको शपथ लिएसँगै ३ सदस्यीय मन्त्रीपरिषद पनि गठन गर्नुभएको छ ।

उहाँले एमालेका केशव स्थापितलाई भौतिक पूर्वाधार तथा निर्माण र माओवादीका शालिकराम जमरकट्टेललाई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त गर्नुभएको हो । एमालेबाट प्रदेश मन्त्री बन्नुभएका स्थापित यसअघि काठमाडौं महानगरपालिकाको मेयर भइसक्नु भएको छ ।

स्थापित मेयर हुँदा काठमाडौंको विकासका लागि राम्रो काम गर्नुभएको थियो । पछिल्लो समय भएको स्थानीय तह चुनावमा पनि काठमाडौंको मेयरका लागि उहाँलाई उठाउनु पर्ने माग पनि उठेको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया