MENU

राजनीति

Ncell Axiata

​पृथ्वीसुब्बा गुरुङ ४ नम्बर प्रदेशको मुख्यमन्त्री नियुक्त

कास्की, माघ २९ – एमाले सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ्ग प्रदेश नम्बर ४ को मुख्यमन्त्री नियुक्त हुनुभएको छ । 

प्रदेश प्रमुख बाबुराम कुँवरले उहाँलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेपालको संबिधान धारा १६८को उपधारा २ बमोजिम माओवादी केन्द्रको समर्थनमा बहुमत प्राप्त गर्न सफल भएपछि गुरुङ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रदेश प्रमुख बाबुराम कुँवरले फागुन २ गते २ बजे गुरुङलाई मुख्यमन्त्रीको सपथ ख्वाउने कार्यक्रम तय गरिएको छ ।

आइतबार एमाले प्रदेश संसदीय दलको नेतामा चयन भएपछि गुरुङलाई मुख्य मन्त्री बन्ने बाटो खुल्ला भएको हो । 

गुरुङ लमजुङ जिल्लाको ख बाट प्रदेश सभामा निर्वाचित हुनुभएको हो । प्रदेश नम्बर ४ मा ७ सदस्यीय मन्त्रीमण्डल रहने तर हाल यसबारेमा कुनै निर्णय तथा सहमति भैनसकेको नवनियुक्त मुख्यमन्त्री गुरुङले बताउनूभएको छ । मुख्यमन्त्रीको सपथ भएपछि मात्रै मन्त्रीमण्डलको बारेमा पहल सुरु हुने उहाँले बताउनुभयो  

नियुक्त भए लगत्तै नवनियुक्त मुख्यमन्त्री गुरुङ्गले प्रतिपक्षलाई सम्मानजनक रुपमा समेट्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।  लमजुङ जिल्लाको गिलुङ्ग टक्सारमा जन्मेका गुरुङले विज्ञानमा स्नातक गर्नुभएको छ । ०३७ सालदेखि उहाँ राजनीतिमा लाग्नुभएको हो ।

नेकपा मालेको सदस्यता लिएपछि उहाँको राजनीतिक जीवन सुरु भएको हो । उहाँ ०६४ सालका संविधान सभाको सांसद हुनुहुन्थ्यो भने ०७० सालमा पराजित हुनुभएको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया