MENU

खेल

ujyaalo forign call inside

नेपालले पायो १ सय ७८ रनको लक्ष्य

काठमाडौं, माघ २९ – आइसीसी डिभिजन टू मा केन्याले नेपाललाई १ सय ७८  रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७८  रन बनाएको हो ।

केन्यालाई रनमा समेटने क्रममा नेपालका सन्दी लामिछाने एक्लैले ५ विकेट लिए । वसन्त रेग्मि, सोमपाल कामी र शरद भेषवाकरले एक एक विकेट लिए ।

केन्याका लागि ओपनर इरफान करीमले सर्वाधिक ४२ रन बनाए । एलेक्स ओबान्डाले ४१, कोलिन्स ओबुयाले २७, धिरेन गान्दरियाले ४, आर आर पटेल १, आर एन पटेल शून्य, गुरदिप सिंहले २, एनएन एदियाम्बोले ७ रन बनाए । नटआउट रहेका एनएम एदियाम्बोले २४ र सेम नोगोचिले २३ रन बनाए । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया