MENU

खेल

ujyaalo forign call inside

​केन्याविरुद्ध सन्दीपको करिअरकै उत्कृष्ट बलिङ

काठमाडौं, माघ २९ –आईसीसी डिभिजन टू क्रिकेटमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले करिअरकै उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएका छन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबियाविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यू गरेयता उनले सबैभन्दा राम्रो बलिङ गरेका हुन् ।

नामिबियाको ओण्डरर्स क्लब मैदानमा सोमबार भएको खेलमा सन्दीपले १० ओभर बलिङ गरेर ५ मेडन राख्दै २० रन दिएर ५ विकेट लिए ।

आईपीएल टोली दिल्ली डेयरडेभिल्सका यी १७ वर्षे युवा स्टारले केन्याविरुद्ध आज जादू नै देखाए । ६५ रन हुँदा कुनै विकेट नगुमाएको केन्याविरुद्ध सन्दीपले आफ्नो बलिङले विपक्षी ब्याट्सम्यानलाई कायल पारे ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा पनि उनले नामिबियाविरुद्ध ४ विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा ओमानविरुद्ध २ तथा आइतबार भएको तेस्रो खेलमा युएईविरुद्ध ३ विकेट लिएका थिए । जारी प्रतियोगिताको चार खेलमा सन्दिपले १४ विकेट लिएका छन् ।

डिभिजन टूमा एकै प्रतियोगितामा धेरै विकेट लिने बलरमा सन्दीप अगाडि आएका छन । २०१५ को डिभिजन-२ मा सोमपाल कामीले नेपालका तर्फबाट ११ विकेट लिएका थिए ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया