MENU

खेल

ujyaalo forign call inside

आई लिगमा बिमलको टिम हार्‍याे

 

माघ २९ – राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्तीमगरको टोली मोहन बगान आई लिगमा हारेको छ । सोमबार भएको गोकुलमसँगको खेलमा बिमलले ३५ मिनेट मैदानमा बिताए ।

सुरुआती ११ मा नपरेका बिमल ६५औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान छिरेका थिए । बिमल अक्रम मोघ्रावीको स्थानमा मैदान प्रवेश गरेका हुन । बिमलले गोल गर्न भने सकेनन । 

साल्ट लेकमा भएको खेलमा मोहन बगान गोकुलमसँग दुई एकले पराजित भयो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा दुबै टिमले गोल गरेका थिए । ७६ औ मिनेटमा गोकुलमका मोहम्मद अल अज्मेईले गोल गर्दा ७८ औ मिनेटमा मोहन बगानका दिपान्दाले बराबरी गोल गरे ।

खेलको अन्तिम मिनेटमा गोकुलमका लागि हेनरी किसेक्काले गोल  गरेपछि मोहन बगानले ३ अंक गुमायो । बराबरीपछि विमलको टिम मोहन बगान २१ अंकका साथ तालिकाको चौथो स्थानमा नै रहेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया