MENU

राजनीति

ujyaalo forign call inside

​शालिकरामलाई मुख्मन्त्रीपछिको शक्तिशाली मन्त्रालय, स्थापित भौतिक पूर्वाधारमन्त्री

मकवानपुर, माघ २९ –प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको शपथ लिएसँगै ३ सदस्यीय मन्त्रीपरिषद पनि गठन गर्नुभएको छ ।

उहाँले माओवादी संसदीय दलका नेता शालिकराम जमरकट्टेललाई  आन्तरिक मामिला तथा कानुन मन्त्री र एमालेका केशव स्थापितलाई भौतिक पूर्वाधार तथा निर्माण मन्त्रीमा नियुक्त गर्नुभएको हो । जमरकट्टेलको भागमा परेको मन्त्रालयलाई मुख्यमन्त्रीपछिको सबैभन्दा शक्तिशाली मानिन्छ । केन्द्रमा गृह मन्त्रालयल सरह यो मन्त्रालयले काम गर्छ । 

यसअघि पार्टी एकताको खाका तय नहुँदासम्म सरकारमा नजाने जमरकट्टेलले अडान लिनुभएको थियो । पछि काठमाडौंमा एमाले अध्यक्ष ओलीसँग छलफल गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुन निर्देशन दिएपछि जमरकट्टेल सहमत हुनुभएको हो ।

एमालेबाट प्रदेश मन्त्री बन्नुभएका स्थापित यसअघि काठमाडौं महानगरपालिकाको मेयर भइसक्नु भएको छ ।

स्थापित मेयर हुँदा काठमाडौंको विकासका लागि राम्रो काम गर्नुभएको थियो । पछिल्लो समय भएको स्थानीय तह चुनावमा पनि काठमाडौंको मेयरका लागि उहाँलाई उठाउनु पर्ने माग पनि उठेको थियो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया