MENU

खेल

Ncell Axiata

खुकुरी कप क्रिकेटमा समूह चरणका खेलहरु सकिए

काठमाडौं, माघ २९ – काठमाडौंमा जारी खुकुरी च्यालेञ्जर्स कप टि–२० क्रिकेटको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

मूलपानी क्रिकेट मैदानमा सोमबार भएका खेलहरुमा टिकापुर क्रिकेट क्लबलाई पराजित गर्दै अन्तर जिल्ला स्पोर्टस क्लब क्वार्टरफाइनलमा पुग्यो भने रौतहट ११ सँग पराजित भए पनि मकवानपुर क्रिकेट क्लबले अन्तिम आठमा स्थान सुरक्षित गर्‍यो ।

समूह डीबाट अन्तर जिल्ला, मकवानपुर र रौतहटको समान ९ अंक भएपछि रनरेटको आधारमा रौतहट अभागी बन्यो । सोमबारको पहिलो खेलमा रौतहटले मकवानपुरमाथि ५ रनको रोमाञ्चक जित निकाल्यो । टस हारेर पहिले ब्याटिङ गरेको रौतहटले २० ओभरमा ९ विकेट गुमाएर १०० रनमात्र बनाउन सक्यो । उसका लागि कप्तान आशु कण्डोलले १९ तथा रवि साहले अविजित १८ रन बनाएका थिए । बलिङतर्फ मकवानपुरका असिम श्रेष्ठ, हरि गौचन, रवि थापा र रोविन गुरुङले २-२ विकेट लिए ।

१०१ रनको लक्ष्य पछ्याएको मकवानपुरले २० ओभरमा ८ विकेट गुमाएर ९५ रनमात्र बनाउन सक्यो । उसका लागि सुरज पटेलले २९ तथा सुमन सुनारले २२ रन बनाउनुबाहेक अन्यको प्रदर्शन सन्तोषजनक रहेन । बलिङतर्फ रौतहटका सुनिल मिश्रा, शंकर पटेल र शशी केसरीले २-२ विकेट लिए ।

अर्को खेलमा टिकापुर क्रिकेट क्लवलाई ६ विकेटले हराउँदै अन्तर जिल्ला स्पोर्टस क्लव समूह विजेता बन्यो । टिकापुरले दिएको १२० रनको लक्ष्य अन्तरजिल्लाले ४ विकेट गुमाएर १८.५ ओभरमा पूरा गरेको थियो । उसका लागि मन्जिल गुरुङले अविजित ३२ रन बनाउँदा शेर मल्लले पनि अविजित २८ रज बनाए । त्यस्तै आरिफ अहमद र प्रकाश जैसीले समान २० रन बनाए । बलिङतर्फ टिकापुरका सुवाससिंह ठकुरीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टिकापुरले १६ ओभर १ बलमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो । टिकापुरका लागि रविन्द्रजंग शाहीले ६६ रनको शानदार पारी खेले पनि अन्यको प्रदर्शन सन्तोषजनक थिएन । बलिङतथर्फ अन्तरजिल्लाका सागर भण्डारीले ४ विकेट लिए । त्यस्तै अभिराज रोय र दुर्गेस कुर्मीले २-२ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत मंगलबारदेखि क्वार्टरफाइनल चरणका खेलहरु सुरु हुनेछन् । मंगलबार हुने पहिलो क्वार्टरफाइनलमा शान्तिनगर युथ क्लब र त्रिभुवन आर्मी तथा दोस्रो खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर र ग्रेट हिमालय क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै बुधबार हुने बाँकी क्वार्टरफाइनल खेलहरुमा बालुवाटार क्रिकेट क्लव र मकवानपुर क्रिकेट क्लव तथा अन्तिम क्वार्टरफाइनलमा रायल पीसी फाइटर र अन्तर जिल्ला क्रिकेट क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया