MENU

समाज

Ncell Axiata

​मट्टीतेल खन्याएर जलाइएकी हजराले प्राण त्याग्नुअघि भनिन् : म मरे पनि कसैलाई नछोड्नु

शैलेन्द्र महतो/उज्यालो ।

धनुषा, माघ २९ – सम्बन्धविच्छेद गर्न नमान्दा पतिसहित घरपरिवारले मट्टीतेल छर्केर जलाइएकी २० वर्षीया हजरा खातुनको उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको छ ।

 

काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा हजराको मृत्यु भएको परिवारले जनाएको छ । धनुषाको क्षिरेश्वरनगरपालिका –८, हार्सरकी हजराको गएको माघ २० गते बिहान ९ बजे पति रसिदसहित घरपरिवारले मट्टीतेल जिउमा खन्याएर जलाएपछि गम्भीर घाइते भएकी हजराको उपचार जनकपुर अञ्चल अस्पलमा सम्भव नभएपछि थप उपचारको लागि काठमाडौंको कीर्तिपुर अस्पतालमा भर्ना गरिएको थियो । हजराको टाउकोभन्दा तलको शरीरको सम्पूर्ण भाग जलेको थियो ।

घटनापछि हजराले आफूलाई पति रसिद राईन , ससुरा ५५ वर्षका अलिशेख कवारी, सासु रामसुनरी खातुन र नन्द जाहिर खातुन मिलेर जिउमा मट्टीतेल छर्की आगो लगाएको बयान दिएकी थिइन् । खातुनले अन्तिम प्राण त्याग्नुअघि दोषीलाई कारवाही होस् भन्ने चाहेकी छिन् । उनले प्राण त्याग्नुअघि दाेषीलाई कारवाहीकाे मागसमेत गरेकी छिन्, ‘सबै मिलेर मलाई जलाएको छ, म मरे पनि कसैलाई नछोड्नु ।’
 
घटनापश्चात हजराकी आमा जनकपुर उपमहानगरपालिका –२०, देवपुरा रुपैठा बस्ने तैरुल खातुनले हजराकी श्रीमान रसिद, ससुरा ५५ वर्षका अलिशेख कवारी, सासु रामसुनरी खातुन र नन्द जाहिर खातुनमाथि उजुरी दिनुभएको थियो । सम्बन्धविच्छेद नै गर्न नमान्दा मट्टीतेल छर्केर छोरीलाई जिउँदै जलाएर हत्या गरेको बुवा सकुर राईनले बताउनुभयो । छोरीको मृत्युपश्चात बुवा सकुरले आफ्नी छोरीको सम्पूर्ण हत्याराहरुलाई कारवाहीका लागि पहल गरिदिन सबैपक्षसँग आग्रह गर्नुभएको छ । प्रहरीले हालसम्म हजराकी पति रसिदलाई मात्रै पक्राउ गरेको छ ।

'सम्बन्ध विच्छेद नगर्दा' २० वर्षीया किशोरीलाई जिउँदै जलाइयो

घरपरिवारले सम्बन्धविच्छेद गर्न पटकपटक यातना दिएपछि हजराले नै दिएको निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाको महिला तथा बालबालिका कार्यालयमा गएको पुस ३० गते आउँदा दिनमा कुटपीट नगर्ने सहमति भएको थियो । सहमति पत्रमा पति, सासु र ससुराले हजरा आयन्दा कुटपीट एवं यातना नदिने र १२ दिन भित्र नागरिकता र विवाह दर्ता समेत बनाई दिने सहमति भएको थियो ।

तर सहमति भएको १२ दिन भित्रमा नागरिकता र विवाह दर्ता बनेन । २० गते बिहान हजरालाई पतिसहित परिवारका अन्य सदस्यले मट्टीतेल खन्याएर आगोले जलाएको घटना माघ २४ गते उज्यालाे अनलाइनले पहिलो पटक सार्वजनिक गरेको थियो ।  

अढाई वर्षअघि मात्र तीन लाख नगद, तीन तोला सुन र एक सय तोला चाँदी दाइजोमा हजारको रसिदसँग विवाह भएको थियो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया