MENU

राजनीति

ujyaalo forign call inside

दयाको पारिश्रमिक २० लाख तर चुपचाप

काठमाडौं, माघ २९ – अभिनेता दयाहाङ राई अहिलेका व्यस्त अभिनेतामध्येका  हुन् ।

 

उनलाई सिनेमाको छायाकंन, प्रदर्शन हुन लागेको सिनेमा प्रचारप्रसार र प्रेस मिटहरुमा भ्याइनभ्याई छ । उनलाई सिनेमामा लिन निर्माता र निर्देशकहरुको पनि लाइन छ । उनी प्राय सिनेमा सहजै गर्छन् । न त उनी पारिश्रमिकले अल्झिन्छन् न त समयले । पछिल्लो समय चलेका अरु अभिनेताको  पारिश्रमिक सार्वजनिक भइरहेको बेला दयाको पारिश्रमिक भने खासै सुन्न पाईँदैन ।

उनले कुन सिनेमामा काम गरेको कति लिन्छन् त्यस बारेमा पनि प्रायलाई थाहा छैन । धेरैलाई दयाले थोरै पैसामा धेरै सिनेमाहरुमा काम गरिरहेका छन् भन्ने पनि लागेको छ । तर दयाले एकपछि अर्को सिनेमामा काम गरेका छन् र पारिश्रमिक स्वरुप मोटो रकम पनि लिइरहेका छन् । 

स्वेता खड्काको निर्माण तथा अभिनय रहेको सिनेमा ‘कान्छी’को गीत ‘चरी चट्ट परि’को छायाकंन पछि दयाले नाम नखुलेको एउटा सिनेमामा २० लाख लिएका छन् । तर उनको यो पारिश्रमिक चर्चामा आएन । उनले यो कुरा सार्वजनिक गर्न पनि चाहेनन् ।

गफगाफलाई यो कुरा थाहा भएपछि  पारिश्रमिक किन सार्वजनिक गर्नु भएन? भन्ने प्रश्नमा उनी  भन्छन्, ‘पारिश्रमिक ठूलो कुरा होइन जस्तो मलाई लाग्छ । मेरो पहिला देखि नै सिनेमा बाहेक अरु कुनै पनि काम गर्दिन भन्ने थियो । यही कामले मलाई बाँच्न, मेरो परिवार धान्न पुग्नुपर्छ जस्तो मलाई लाग्छ । त्यही अनुसार म पारिश्रमिक लिन्छु । पारिश्रमिक पनि मलाई पुग्ने नै लिन्छु । एउटा कलाकारले वर्षमा दुईवटा सिनेमा गर्दा पारिश्रमिक ५० लाख दिए पनि फरक पर्दैन जस्तो मलाई लाग्छ । पारिश्रमिक लिए वापत मेरो जिम्मेवारी भने राम्रो काम गरिदिने र हलबाट निर्माता निर्देशकलाई घाटा नलगाउने भन्ने हुन्छ ।’

-उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया