MENU

राजनीति

ujyaalo forign call inside

​कांग्रेसले बुझायो समानुपातिक सूची, खर्बपति चौधरी मधेसी कोटामा बने सांसद

काठमाडौं, माघ २९ –पाँच वटै राजनीतिक दलले समानुपातिकबाट सांसद बन्नेहरुको नाम निर्वाचन आयोगमा बुझाएका छन् ।

४० सिट जितेको नेपाली कांग्रेस, १७ सिट जितेको माओवादी केन्द्र र समान ६ सिट जितेका राष्ट्रिय जनता पार्टी राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले शुक्रबार सांसद बन्नेहरुको नाम आयोगमा बुझाएका हुन् ।

समानुपातिकतर्फ सबैभन्दा धेरै ४१ सिट जितेको एमालेले आइतबार नै नाम बुझाएको थियो । प्रतिनिधिसभा चुनावमा भाग लिएका ४९ दल मध्ये तीन प्रतिशत वा त्योभन्दा धेरै मत प्राप्त गरेका ५ वटा दलले मात्र समानुपातिक सिट प्राप्त गरेका हुन् । आज पेश भएका नामलाई आयोगले समावेशी समूह र क्रम अनुसार मिले÷नमिलेको जाँच गर्ने छ । नमिल्ने गरी कुनै दलले नाम पठाएको भए त्यो दललाई सच्याएर ल्याउन पुनः दुई दिनको समय दिइने आयोगले जनाएको छ । 

कांग्रेसले सोमबार आयोगमा बुझाएको समानुपातिक सांसदको सूचिमा पुरानै अनुहारका र सभापति शेरबहादुर देउवाको निकटका धेरै छन् । खर्बपति उद्योगी विनोद चौधरीलाई कांग्रेसले मधेसीको कोटामा सांसद बनाएको छ ।

यस्तै अर्का व्यापारी दिव्यमणि राजभण्डारी, विद्यालय सञ्चालक उमेश श्रेष्ठ, ठेकेदारहरु जीपछिरिङ लामा, कर्मा घले, सूर्यबहादुर केसी, बहादुरसिंह लामा पनि कांग्रेसको समानुपातिक सांसद बनेका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया