MENU

समाज

ujyaalo forign call inside

भारतीय नागरिकलाई अपहरण गर्ने ५ जना नेपाली पक्राउ

सुमन तिमल्सिना/उज्यालो ।

मोरङ, फागुन १ – भारतीय नागरिकलाई अपहरण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनीक गरेको छ ।

घरमा पूजा छ भन्दै नेपाल ल्याएर मोरङको सून्दरहरैचा नगरपालिकाको मोनालिसा होटलमा बन्धक बनाएर राखिएको अवस्थामा प्रहरीले अपहरणमा परेकालाई उद्दार गरेको जनाएको छ । प्रहरीले अपहरणमा  सघाउने ५ जना नेपालीलाई पक्राउ गरी सार्वजनिक गरेको  हाे ।

गएको माघ २४ गते भारतको खगडिया जिल्ला बेन्दोर पञ्चायत बेन्दोर थाना बस्ने राजकिशोर साह, अजयकुमार साह, अखिलेश साह, दिनबन्दु तिवारी, बालेश्वर रजक र रञ्जितकुमार अपहरणमा परेका थिए ।

फारबेञ्जगञ्ज घर बताउने बालेश्वर साह, सुरेश कुमार, पूर्णिया घर बताउने सन्तोष कुमार र सुशन यादवलार्इ अपहरणमा परेका दिनबन्धुले फारविसगञ्जमा भेटेका थिए । बालेश्वर शाहले नेपालमा रहेको आफ्नो  घरमा पूजा पूजा रहेको र नेपाल खुमाउने भन्दै पण्डित दिनबन्धु तिवारीलगायत अन्य ५ जनालाई जोगबनीबाट गाडी रिजर्ब गरी राति सून्दरहरैचा नगरपालिका–१०, मा रहेको मोनालिसा होटलमा पुर्‍याएका थिए ।

प्रहरीका अनुसार २५ गते बिहान बालेश्वर शाहलगायतका ५ जनाले अपहरणकारी भारतीय नागरिकलाई होटलमा बसेका ५ जना नेपालीको जिम्मा लगाएका थिए । होटेलमा सुनसरी जिल्ला इनरूवा नगरपालिका–३, का नारायण शाह, मधुकर शाह, मोरङ सून्दरहरैचा नगरपालिका–१, का टिकाराम चौधरी, कान्छा भन्ने ठाकुर गुरूङ, सून्दरहरैचा–१२, बस्ने नवराज गौतमलाई भारतबाट ल्याइएका पण्डित दिनबन्धु तिवारीलगायत अन्य ५ जना रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले अपहरणमा परेका भारतीय नागरिकसँग होटलमा बन्धक बनाई ६ लाख भारतीय रूपैयाँ फिरौती रकम माग गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो । 

अपहरणमा परेका जना राजकिशोर साह माघ २५ गते दिउँसो होटलबाट भाग्न सफल भएपछि यो घटना बाहिर आएको प्रहरीले जनाएको छ । भागेका राजकिशोर भारत गएर अन्य साथीहरूलाई लिएर प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी कार्यालयमा आएपछि अनुसन्धान थालेको बिसीले बताउनुभयो ।

अपहरणकारी मध्येका  नवराज गौतमले बेलबारी–६, बस्ने ढोडियालाल चौधरी थारूलाई को १४ प ५२४४ नम्बरको मोटरसाइकलमा भारतको जोगबनी पुगेर भारतीय एक लाख रूपैयाँ फिरौती लिएर बालेश्चर रजक र रञ्जित कुमारलाई छुटाएको समेत अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

होटेलमा रहेको बेला राजकिशोर अपहरणकारीबाट भागेपछि अपहरणकारीले अजयकुमार साह, अखिलेश साह, दिनबन्दु तिवारीलाई सून्दरहरैचा–९, मा रहेको नारायण साहको कोठामा लगेर बन्धक बनाएका थिए । प्रहरीका अनुसार एकजना होटलबाट भागेपछि असुरक्षित महसुस गरेर अपहरणकारीले ठाउँ परिवर्तन गरेको बताएका छन् ।

बन्धक बनाएको अवस्थामा पाँच लाख भारतीय रूपयाँ फिरौती मागेकोमा अखिलेश शाहले पाँच लाख रुपैयाँको चेक दिँदा अपहरणकारीले चेक लिन नमानेको प्रहरीले जनाएको छ । शारिरीक तथा मानसिक यातना दिएर राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरीका बेलबारीबाट खटिएको प्रहरी टोलीले माघ २७ गते राति बन्धक बनेकाको उद्दार गरेको थियो । 

सून्दरहरैचा–९, का नारायण शाहको घरबाट सकुसल अपहरण मुक्त गरी अपहरणमा संलग्न नारायण शाह, मधुकर शाह, टिकाराम चौधरी, कान्छा भन्ने ठाकुर गुरुङ र नवराज गौतमलाई पक्राउ गरेको प्रहरी उपरीक्षक बिसीले जानकारी दिनुभयो । प्रहरीले पक्राउ पेरका सबैलाई सोमबार सार्वजनीक गरेको हो ।

पक्राउ परेका अपहरणकारीको साथबाट भारतीय ५० हजार रुपैयाँ, ५ थान मोवाइल र को १४ प ५२४४ नम्बरको मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । अपहरणको क्रममा नेपालमा सहयोग गर्नेलाई प्रहरीले पक्राउ गरेको भए पनि भारतबाट अपहरण गर्ने ५ जनाको गिरोह भने अहिले फरार छ ।

उनीहरुको भारतीय प्रहरीसँगको सहकार्यमा खोजी भइरहेको प्रहरी उपरीक्षक बिसीले जानकारी दिनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया