MENU

समाज

ujyaalo forign call inside

​आज सेना दिवस मनाइँदै

फागुन १ – नेपाली सेनाले मंगलबार सेना दिवस मनाउँदै छ । सेनाका परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ ।

नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सेनाले सैनिक मञ्चमा परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम गर्दैछ ।

सैनिक मुख्यालय जङ्गीअड्डा मातहतमा रहेका पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना हुँदैछ ।

सेना दिवसको विशेष अतिथीका रुपमा भारतीय सेनाका प्रमुख विपिन रावत सहभागी हुन सोमबार नै नेपाल आउनुभएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया