MENU

राजनीति

ujyaalo forign call inside

​एउटै गाउँका नेताले तीन तहको प्रतिनिधित्व गरेपछि गाउँले गरे सम्मान

प्रेमनारायण आचार्य/उज्यालो ।

अर्घाखाँची, फागुन १ – एउटै गाँउका  तीन पार्टीबाट स्थानीय, प्रदेशसभा र राष्ट्रियसभामा प्रतिनिधित्व भएको भन्दै तीनै जनालाइ गाँउलेले एउटै मञ्चमा सम्मान गरेका छन् ।

मालारानी गाउँपालिका वडा नम्बर–५, बाट राष्ट्रियसभामा माओवादीबाट चन्द्रबहादुर खड्का, प्रदेशसभामा नेपाली कांग्रेसबाट निर्मला क्षेत्री र मालारानी गाउँपालिकाको उपाध्यक्षमा एमालेबाट  प्रमिला क्षेत्री निर्वाचित भएको खुशीयालीमा स्थानीयले मालसहित जनप्रतिनिधिलाई सम्मान गरेका हुन् ।

बाँगी गाउँबाट नीति निर्माण तहमा पुगेका प्रतिनिधिलाई आरुखोरमा साेमबार वडा कार्यालय र शान्ति मावि बाँगीले एक कार्यक्रमका  बीच  बधाई तथा सम्मान गरेको हो ।

राष्ट्रियसभा सदस्य खड्काले एउटै गाँउबाट तीनै तहमा तीन पार्टीबाट प्रतिनिधित्व गर्न पाउनु खुशीको कुरा भएको बताउँदै गाउँको विकासको लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । शान्ति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका खड्काले बाँगीलाई प्राथमिकतामा राखेर विकासमा नमूना गाउ“ बनाउने बताउनुभयो ।

५ नम्बर प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले बाँगीमा विकास योजनाको बजेट पार्नमा आफूले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया