MENU

समाज

ujyaalo forign call inside

हिमपातका कारण सुदूरपश्चिमका जिल्लामा विद्युत सेवा अवरुद्ध

डोटी, फागुन १ – सुदूरपश्चिमका पहाडी जिल्लामा सोमबारदेखि सुरु भएको हिमपातका कारण विद्युत सेवा अवरुद्ध भएको छ ।

अत्तरीया–दीपायल जोड्ने ११ सय केभीको विद्युत प्रसारण लाइनमा हिमपात तथा वर्षादले खराबी आएपछि गएरातिदेखि डडेल्धुरा, बैतडी, आछाम तथा डोटीमा विद्युत सेवा बन्द भएको छ ।

डोटीको दीपायलस्थित ११ सय केभी विद्युत प्रसारण केन्द्रका स्टेशन प्रमुख भोजबहादुर स्वाँरका अनुसार डडेल्धुराको हगुल्टे क्षेत्रमा भएको हिमपातले विद्युत लाइनमा खराबी हुँदा सेवा बन्द भएको हो ।

याे पनि पढ्नुहाेस्-सुदूरपश्चिमका हिमाली जिल्लामा हिमपात

बन्द भएको विद्युत सेवा पुनः सञ्चालनमा ल्याउन कर्मचारी खटिए पनि प्रतिकुल मौसमका कारण सेवा सञ्चालनमा आउन नसकेको स्वाँरले बताउनुभयो । विद्युत सेवा अवरुद्ध हुँदा सुदूरपश्चिम क्षेत्रका जिल्लामा रहेका केही रेडियोस्टेशन पनि बन्द भएका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया