MENU

समाज

ujyaalo forign call inside

​माैरीले घेरेको घर

विमल विष्ट/उज्यालो ।

डोटी, फागुन १ – जंगलको बीचमा तीन तले घर, तलतिर रातो माटो र माथि माथि कमेरो माटोले चिटिक्क पोतिएको ।

घरको चारैतिर माहुरीका घारहरु सजाएर राखिएका छन् । माैरी घर वरिपरी घुमिरहेका छन् । तर यो कुनै व्यवसायिक माैरी पालक किसानको घर होइन, पुरानै शैलीमा माैरी पालिएको छ ।

डोटीको आदर्श गाउँपालिका–१, का ५३ वर्षीय जंगबहादुर थापाको घर जहाँ माैरी मान्छेहरुलाई स्वागत गरिहेको जस्तो लाग्छ । उहाँको घर वरिपरी १५ घार माैरी छन् । माैरीहरु चर्न जाने र फर्कने गर्दा नयाँ मान्छेलाई त माैरीले टोक्छन् कि भनेर उहाँको घर आँगनमा बस्नै समेत डर लाग्छ ।

थापाले आधुनिक तरिकाले व्यवसायिक माैरी पालन पनि हुन्छ भन्ने जानेका छैनन् तर उहाँको घरमा सधैं माैरी भइरहन्छ । ‘म सानै हुँदा हाम्रो घरमा १०/१२ घार माैरी भइराख्थे’, थापा सम्झन्छन्, ‘उडेर जाने जात हो, कहिले बड्ने र कहिले घट्ने त भइहाल्छ तर पहिलेदेखि नै हाम्रो घरमा धेरै माैरी बस्थे ।’

उहाँले माैरी बढेर कहिलेकही २४÷२५ घारसम्म पुग्ने गरेको बताउनुभयो । माैरी पालनको तालिम लिनु भएको छ भन्ने प्रश्न गर्दा उहाँ हास्दै भन्नुहुन्छ, ‘माहुरी पालनको पनि के तालिम लिनु ?’

कोत्तर लागेर ढलेका रुखबाट परम्परागत शैलीमा घार तयार गर्छन् थापा । अनी माहुरी आउँछन, घारमा बस्छन् । ‘कहिलेकाँही जंगलमा लगेर घार राखिदिन्छौं, अनि माहुरी बसेपछि घर ल्याएर आउँछौं’ थापाले भन्नुभयो, ‘नत्र घरमै सजाएर राखेका घारमा पनि आइहाल्छन माहुरी ।’ काठको घारका साथसाथै घरको भित्तामा पनि माहुरीका घार बनाएको उहाँ बताउनुहुन्छ ।

१५ घार माैरी भएर पनि थापाको घरमा मह उत्पादन भने कमै हुने गरेको छ । ‘ वर्षमा २०/२२ किलो मह निस्कन्छ’ थापा भन्नुहुन्छ, ‘कहिले अलि कम कहिले बढी हुन्छ ।’

उहाँका अनुसार कात्तिक र मंसिरमा महिनामा मात्रै मह काड्नुपर्छ । कात्तिक मंसिरमा च्यूरी फुल्ने भएका कारण माहुरीका लागि चारो बढी पाइने भएकाले त्यस समयमा मह काड्दा राम्रो हुने थापा बताउनुहुन्छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया